विराटनगर / मोरङको सुन्दरहरैचामा दुई जना नावलकको शव भेटिएको छ ।

सुन्दरहरैचा ७ गोठगाउँमा दिदी वहिनीको शव आज भेटिएको हो ।

धनकुटा पाख्रिबास नगरपालिका – ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका – ७ मालति टोल बस्ने दिदी सिता रेग्मिको घरमा बस्ने ३१ बर्ष अर्जुन कार्कीका दुई छोरीको शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

तीन वर्षीया अर्पणा कार्की र एक वर्षकी आइका कार्कीको प्रहरीले शव भेटिएको छ । शव भेटिएको नजिक विषाधी पनि प्रहरीले फेला पारेको छ । ‘शव नजिक विषादीको बट्टा भेटिएको छ । विषाधी सेवन गरेर हत्या गरिएको हुनसक्छ । हामीले अनुसन्धान सुरु गरेका छौंं ,’ एसपी कार्कीले भने, ‘थप विषय अनुसन्धानपछि खुल्नेछ ।’

अर्जुन र श्रीमती २९ वर्षीया अस्मिता पौडेलबीच आज विहान झगडा भएको रहेछ । श्रीमान– श्रीमतीबिच झगडा भएपछि अस्मिता दुई जना छोरीहरु लिएर हिडेकी बुझिएको छ । अजुर्नले नयाँ घर बनाउँदैछन् । ‘नयाँ घरमा पानी नहालेको विषयलाई लिएर झगडा भएको रहेछ,’ एक प्रहरी अधिकृतले भने, ‘दिउँसो साढे ४ बजे दुई छोरी मृत भेटीए ।’ श्रीमती अस्मिता भने फरार रहेको प्रहरीले जनाएको छ । नारायण न्यौपानेको केरा बगानमा दुई वटा बच्चा मृत अबस्थामा फेला परेको भन्ने खबर स्थानियले प्रहरी चौकि गछियालाई जानकारी गराएका थिए ।

घटनास्थलमा पुगेर छानविन भइरहेको प्रहरीले जनाएको छ । अरुण भने सवारी चालक रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया