वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालय संवेदनशील रहेको बताउनु भएको छ। उहाँले बालबालिका, महिला, र सीमान्तकृत समुदायमा वायु प्रदूषणले पारेको असरलाई सम्बोधन गर्दै मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

काठमाडौँ महानगरपालिका वातावरण विभागका निमित्त प्रमुख सरिता राईले फोहोर व्यवस्थापनलाई प्रभावकारी रूपमा सञ्चालन गरेर वायु प्रदूषण नियन्त्रणमा महानगरले महत्वपूर्ण कदम चालेको बताउनुभएको छ। वातावरण विद् भूषण तुलाधरका अनुसार, वायु प्रदूषणकै कारण हरेक वर्ष विश्वमा ८१ लाख मानिसको मृत्यु भइरहेको छ, जसमा नेपालमा ४८,५०० मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले जलवायु परिवर्तनको असरलाई थप स्पष्ट पार्दै, यसले मलेरिया, कुपोषण, झाडापखाला, र गर्मीका कारण सन् २०३० देखि २०५० बीचमा थप २५०,००० मानिसको मृत्यु हुने अनुमान रहेको बताएका छन्।

यस अन्तरक्रिया कार्यक्रममा विभिन्न विशेषज्ञहरूले वायु प्रदूषणको असर, त्यसको रोकथाम, र नियन्त्रणमा सबै सरोकारवालालाई सहभागी गराउने आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया