धरानमा विद्यालयबाट फर्किदैँ गर्दा एक बालकलाई बाढीले बगाएको छ । बिहीबार साँझ धरानमा आएको अविरल वर्षाका कारण विद्यालयबाट घर फर्किदैँ गरेका बालकलाई बाढीले बगाएको हो ।
बाढीले बगाएर ती बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १७ का १४ वर्षीय रोशन लिम्बू रहेका छन् । प्रहरीका अनुसार यसअघि धरान ११ मा बस्दै आएको लिम्बूको परिवार केही महिनाअघि मात्रै धरान १७ मा बसाइँ सरेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार ड्रेनले बगाएर उनको मृत्यु भएको हो । उनको शव धरान १७ स्थित ठकुरी खोलामा झ्यासमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।धरान ११ को भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत बालक घर फर्कँदै गर्दा ड्रेनमा बाढीले बगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
धरानमा अचानक आएको भारी वर्षाका कारण खहरे खोलामा पानीको बहाव बढेको थियो । मृतक बालकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
May be a black-and-white image of 2 people and crowd
All reactions:

Betana Dainik and 67 others

तपाईको प्रतिक्रिया