हामी बिचार निर्यात गर्दैनौं : चीन
काठमान्डाैं / चीनले आफ्नो मुलुकले कुनै पनि विचारधारा निर्यात नगर्ने स्पष्ट पारेको छ । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राजधानीमा भएको ‘विचारधारात्मक छलफल’ लाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि चीनले यस्तो स्पष्टीकरण दिएको हो । ‘चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन,’ चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘हामीले पहिले पनि अन्य मुलुकमा विचार निर्यात गर्दैनथ्यौं । आगामी दिनमा पनि गर्दैनौं ।’
...