रामेछाप, ९ असोज । नेपाली कांग्रेस पार्टीले संचालन गरेको दोश्रो चरणको राष्ट्रिय जागरण अभियान समापन गर्न खोटाङको हलेसी पुगेका महामन्त्री डा। सशांक कोइरालाको काठमाडौं फिर्ति निकै सकसपूर्ण बनको छ । महामन्त्री डा। सशांक कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, नवलपरासी जिल्ला सभापति भरत गुरुङ र नेतृ हिरा गुरुङलाई लिएर बुधबार दिउँसो २.३० बजे दिक्तेलबाट काठमाडौंका उडेको हेलिकप्टर प्रतिककुल मौसमका कारण दुई स्थानमा आकस्मिक अवतरण गरेर साँझपख रामेछाप विमानस्थलमा अवतरण गर्नु परेको थियो।

बधबार दिउँसो काठमाडौंका लागि उडेको प्रभु एयरको ९–एन–एएलयू कलसाईनको हेलिकप्टरमा सवार महामन्त्रीसहितका ४ जना नेताहरुले कहाली लाग्दो यात्रा पार गरेर साँझ रामेछाप विमानस्थलमा अवतरण गरेका थिए। प्रतिकुल मौसमकै कारण बिहीबार बिहान पनि काठमाडौंको लागि उडान भर्न पाएका छैनन्। उडानको प्रतिक्षामा डा। कोइरालाले मन्थलीमा पत्रकार र पार्टी कार्यकर्तासँग भेटघाट गर्न भ्याएका छन्। बाँचेर यहाँसम्म आइपुगिन्छ भन्ने लागेकै थिएन,’ यात्रामा डा। कोइरालाका साथ रहेकी नेतृ हिरा गुरुङले भनिन्। उनलाई त्रासपूर्ण यात्राको सम्झेर बयान गर्न पनि कठिन परेको देखिन्थ्यो। गुरुङका अनुसार सडक मार्ग अवरुद्ध भएपछि हेलिकप्टर बोलाइएको थियो। ‘सुरुमा दिक्तेलबाट उडेको हेलिकप्टर बाक्लो बादलमा फस्यो। पानी पनि त्यतिकै परिरहेको थियो,’ उनले भनिन्, ‘विदेशी पाइलटले बादलमा फनफनी घुमाउँदा सबैको सास डरले अड्किएको थियो। कतै ठुलो दुर्घटनामा त परिने हैन भन्ने त्रास थियो ?’

उनको अनुसार त्यसरी आकाशमा घुम्दाघुम्दै दुधकोशी र सुनकोशीको बीचमा एउटा सानो टापु देखिएपछि पाइलटले त्यहाँ आकस्मिक अवतरण गराएका थिए। त्यहाँ अवतरण गराएपछि गाउँले सबै उर्लिएर हेर्न आएका थिए। ‘झण्डै १ घण्टा त्यहाँ रोकिएपछि हेलिकप्टर पुनः उड्यो। यसपटक पनि फेरी त्यही चक्करमा फस्यो,’ उनले भनिन्, ‘चारैतिर बादल, पानी र अँध्यारो। उज्यालो भेटिएन। घुम्दाघुम्दा लिखु किनारमा दोश्रो आकस्मिक अवतरण भयो। थकान, त्रास र भोक तीनै थियो। अब के गर्नेरु न खाने स्थान छ, न सुत्ने। बाटोबाट जाउँ भनेपनि सुविधा थिएन।’

गुरुङका अनुसार विदेशी पाइलटले त्यहाँ केहीबेर बसेपछि रामेछापतर्फ उडानका लागि तयारी गरे। तेश्रो उडानमा इन्धन पर्याप्त थिएन। २० मिनेट जतिलाई तेल पुग्ने कुरा पाइलटले हामीलाई जानकारी दिएका थिए,’ उनले भनिन्, ‘त्यसपछि झनै डर लाग्यो। रात्री विश्रामका लागि पाइलटले सुनकोशी किनारबाट उत्तर लगेर रामेछाप विमानस्थलमा साँझ हेलिकप्टर अवतरण गराए।’उनको अनुसार त्यसपछि मात्रै हेलिकप्टर सवार सबैले राहत महसुस गरेका थिए। ‘भोली त जे होला, होलारु त्यसबेला आनन्दको सास फेरीयो,’ उनले भनिन्, ‘आधा यात्रा त अझैं बाँकी छ। त्यसमा पनि फेरी मौसमकै कुरा बाधक भएको छ।’ रामेछाप–काठमाडौं रुटको मौसम अहिले पनि सफा छैन। प्रभुको अपरेसन विभागले पनि हेलिकप्टरलाई तत्काल नउड्न भनेको बताइएको छ। सडक मार्ग अवरुद्ध भएको, बिरामी परेको र अन्यत्रको कार्यक्रममा जानु परेका कारण उनले हेलिकप्टर बोलाएका थिए।

रामेछाप विमानस्थलमा रहेको डिपोबाट प्रभुको हेलिकप्टरमा इन्धन भरेपछि असावधानीवस विर्को नलागेकोले ट्यांकीमा पानी पसेको छ। इन्धनमा पानी मिसिएको जानकारी पाएपछि अहिले भरेको इन्धन ग्यालिनमा निकाल्ने काम भइरहेको छ।सबै इन्धन ग्यालिनमा झारेर सफा गरेपछि मात्र अर्को इन्धन हाल्ने योजनामा उडान अधिकारी छन्। एकातिर मौसम बिग्रेको छ भने अर्को तिर इन्धनमा पानी मिसीएकोले डा। कोइरालाको अबको यात्रा अझै केहि घण्टा अनिश्चित बन्न पुगेको छ।

तपाईको प्रतिक्रिया