काठमान्डाैं / गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’ उनले सुनाए ।

वडाअध्यक्ष पासीका अनुसार कथित उपल्लो जातीका घरमा पानी पिउनुप¥यो भने उनलाई छुट्टै गिलास दिइन्छ । ‘मधेसी समाजमा यस्तो भेदभाव बढी छ,’ उनले भने, ‘वडा अध्यक्ष भएपनि कथित उच्च जातिका व्यक्ति मसित राय सल्लाह गर्न आउँदैनन् ।’ बाध्यतावस वडाका काममा आउँछन् । ‘नमस्कार समेत फार्काउँदैनन्’ उनले भने, ‘राम्रोसँग बोल्नपनि बोल्दैनन् ।’अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया