ममता काफ्ले प्रकरण: घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिक
अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली महिला ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन्, जसले उनको बेपत्तामा श्रीमान् नरेश भट्टको संलग्नता भएको आशंकालाई बल पुर्याएको छ।
मनसास पार्क प्रहरीले नरेश भट्टलाई ममताको बेपत्तामा संलग्न भएको आरोपमा थुनामा राखेको छ। अदालतमा भएको सुनवाइका क्रममा अभियोजन पक्षले प्रस्तुत गरेका तस्वीरहरुमा भट्टको घरभित्र...