केरा बगानमा दुई बालिका मृत्यु प्रकरण : वेपत्ता आमाकाे माेवाइल स्विच अफ
मोरङको सुन्दरहरैंचास्थित केरा बगानमा मृत भेटिएका दुई नाबालिकाकी आमा अझै बेपत्ता छिन् । उनको खोजी कार्य तीव्र पारिए पनि अझै पत्ता लाग्न नसकिरहेको प्रहरीले जनाएको छ ।
बालिका मृत भेटिएकै दिनदेखि २९ वर्षीया आमा अस्मिता न्यौपाने बेपत्ता छिन् । सुन्दरहरैंचाका ५०० भन्दा धेरै स्थानीयको सहयोगमा नजिकैको चारकोसे जंगलमा ‘खोजी गरिएको छ । तर, उनको केही पत्तो नलागेको प्रहरीले जानकारी दिएको छ । ...