बालुवाटारस्थित सुबिसुको कार्यालयमा भीषण आगलागी
इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटारस्थित कार्यालयमा भीषण आगो लागेको छ। बुधबार दिउँसो पौने बजे अचानक आगलागी सुरू भएको प्रहरीले जनाएको छ।
इन्धन भन्डारण गरेको ठाउँबाट आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले बताए।
आगलागी नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका छन्। काठमाडौं महानगरको दमकल, जुद...






