चितवनमा बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते
मंसिर २७, पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नंको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो ।
कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण क...











