मङ्सिर २७ ,

एरिना टेलिभिजनको ८ औ वार्षिक उत्सवको अवसरमा आयोजित फ्रेन्चाईज नगरपालिका स्तरीय रात्रीकालिन वाइवाइ एरिना गोल्डकप प्रतियोगिताको फाइनल खेल आज त्रियुगा नगरपालिका उदयपुर र बेलबारी नगरपालिका मोरङ् बीच हुने भएको छ ।

मंगलबार भएको पहिलो सेमिफाइल खेलमा रामधुनी नगरपालिकालाई ४-० ले पराजित गदै त्रियुगा नगरपालिका उदयपुर फाइनलमा प्रवेश गरेको थियो । त्यसै गरी बुधबार भएको अर्को सेमिफाइनल खेलमा बिराटनगरलाई ३-० गोलको अन्तरले पराजित गर्दै बेलबारीले पनि फाइनलमा यात्रा तय गरेको थियो । आज अपरान्ह ५ बजे देखि इटहरी रंगशालामा हुने प्रतिस्पर्धात्मक खेलमा दुवै टिमलाई दावेदारी मानिएको छ । यस खेलको विजेताले एक लाख रु १ लाख र उपविजेताले पचास हजार रु ५० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया