मंसिर २७,। पश्चिम नवलपरासीमा काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको  कारको  ठक्करबाट एक जनाएको मृत्यु भएको छ ।

बिहिबार राती पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा  बा १३ च ७४८८ नम्बरको उक्त कारको ठक्करबाट उक्त व्यक्तीकाे मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार हाल उक्त कार चालकलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया