सर्लाहीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

 सर्लाहीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
  सर्लाहीको बलरामा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बलरा नगरपालिका-११ छटौनामा बस्ने राज किशोर सिंहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइए...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
नवलपरासी को गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१० बस्ने २६ वर्षीय बीरेन्द्र गिरी रहेका छन् । गैंडाकोट नगरपालिका-२ नमस्ते चोकस्थित सडकमा ना.६ प ८०५८ नम्बरको ट्रकले ना.३१ प २६१८ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा गिरी गम्भीर घाइते भएका थिए । घाइते गिरीको नयाँ मेडिकल कलेज भरतपुरमा उप...

बिवाहको २ वर्षमै आगो लगाएर श्रीमतीको हत्या

बिवाहको २ वर्षमै आगो लगाएर श्रीमतीको हत्या
शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ । जिल्ला प्रहरी का...

जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनास्थलमा दुई पुरुषको शव फेला परे पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

जीप दुर्घटनामा दुई जनाको निधन

जीप दुर्घटनामा दुई जनाको निधन
पाल्पामा जीप दुर्घ टना हुँदा २ जनाको ज्यान गएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट जीप ख सेको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा श व देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ । घट नाको विस्तृत विवरण आउन बाँकी रहेको ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी राम शाहले जानकारी दिए ।

मलेसियामा डिउटी सकेर सुतेका गोपाल कहिले नफर्किने गरि निदाए

मलेसियामा डिउटी सकेर सुतेका गोपाल कहिले नफर्किने गरि निदाए
मलेसियामा हिजाे आज एकपछि अर्काे गर्दै दिन प्रतिदिन एक न एक नेपाली कामदारहरूकाे असामयिक निधन भैरहेकाे छ । निधन हुने हुरुमा प्राय जसाे हाट-एट्याक देखि लगेर मुटु सम्बन्धि बिभिन्न समस्या देखा पर्ने गरेकाे छ । मलेसियामा कार्यरत प्राय नेपाली कामदारहरु डिउटी सकेर बस्ने कोठामा खाना खाएर सुतेपछि सुतेकाे सुत्यै हुने गरेका छन, भने कतिपय मुटुमा समस्या देखा प्रर्नासाथ मृ त्यु हुने गरेकाे पाईएकाे छ । पहि...

मालपोतको मिलेमतोमा एक व्यक्तिको जमिन यसरी भयो अर्कैको नाममा

मालपोतको मिलेमतोमा एक व्यक्तिको जमिन यसरी भयो अर्कैको नाममा
कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन रहेको देखाएको छ। भूमि सुधार तथा मालपोत कार्यालको तल्लोदेखि माथिल्लो तहसम्मको ‘च्यानल’ नै मिलेर एक व्यक्तिको नाममा रहेको जग्गा–जमिन अर्को व्यक्तिको नाममा देखाएको हो।मालपोत कार्यालयका मालपोत अधिकृत अशोकसिंह भण्डारीले उक्त जग्गाको कीर्ते कागजातमा हस्ताक्षर गरेको भेटिएको छ। भीमदत्त नगरपालिका–६ मा बस्ने करन च...

सरकारी कर्मचारीले बहुविवाह गरे भविष्यमा समेत सेवाका लागि अयोग्य

सरकारी कर्मचारीले बहुविवाह गरे भविष्यमा समेत सेवाका लागि अयोग्य
बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् ।बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा पर्नेछन् । नैतिक पतन देखिने फौजदारी कसुरमा भविष्यमा कुनै पनि सरकारी सेवाका लागि योग्य हुने छैनन् । अन्य कसुरमा भने अयोग्य नठहरिने गरी सेवाबाट हटाइने छ ।प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घी...

भारतमा बलात्कार पछि जलाएर हत्या गरिएको दोषीलाई कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस

भारतमा बलात्कार पछि जलाएर हत्या गरिएको  दोषीलाई कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस
बिराटनगर । भारतको हैदरावादमा बलात्कार पछि जलाएर हत्या गरिएको डा. प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ। विराटनगरको देवकोटा चोक, ट्राफिक चोक हुँदै निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो।  सिमाञ्चल मैत्री समूह, जनहित विकास समाज, अम्बे मुरारी सेवा केन्द्र , बृहत मधेसी नागरिक समाज र नेपाल भारत सामाजिक सांस्कृतिक मंच...

अनलाइनबाटै पुलिस रिपोर्ट

अनलाइनबाटै पुलिस रिपोर्ट
पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् ।नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो । नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्र...