मलेसियामा हिजाे आज एकपछि अर्काे गर्दै दिन प्रतिदिन एक न एक नेपाली कामदारहरूकाे असामयिक निधन भैरहेकाे छ । निधन हुने हुरुमा प्राय जसाे हाट-एट्याक देखि लगेर मुटु सम्बन्धि बिभिन्न समस्या देखा पर्ने गरेकाे छ । मलेसियामा कार्यरत प्राय नेपाली कामदारहरु डिउटी सकेर बस्ने कोठामा खाना खाएर सुतेपछि सुतेकाे सुत्यै हुने गरेका छन, भने कतिपय मुटुमा समस्या देखा प्रर्नासाथ मृ त्यु हुने गरेकाे पाईएकाे छ ।

पहिले पहिले नेपालीहरु मलेसियाका स्थानिय तामेलहरुबाट असुरछित देखिन्थे, तर हाल मलेसियामा रहेका विभिन्न नेपाली मिडिया, संघसस्था र नेपाली राजदुताबासकाे सक्रियताका कारण उक्त समस्यामा हदै सम्म कमि आएकाे देखिन्छ, तर यतिवेला मलेसियामा नेपाली लगायत प्राय सबै देशबाट मलेसियामा आएका मानिसहरुमा हावा पानि र विग्रदाे प्राकृर्तिक समस्याका कारण दिन प्रतिदिन अनेक खालका समस्या देखा पर्न थालेका छन ।

धेरैकाे त मृत्यु समेत भैसकेकाे छ । जसकाे प्रत्यक्ष असर मलेसियामा कार्यरत नेपालीमा देखा पर्ने गरेकाे छ । गत एक हप्ता यता लगातार हरेकदिन मलेसियामा एक नेपलीकाे मृ त्यु भै रहेकाे छ । तेस्तै आज पनि दैलेख भगवतीमाई गाउँपालिका वडा नम्बर ६ छिपिन निवासी गाेपाल राेकायाकाे असामायिक निधन भएकाे छ। गाेपाल  नाईट डिउटी सकेर डिसेम्बर २ तारिख बिहान रुममा पुगि खाना खाएर सुेतेका थिए ।

अहिले सांझ डिउटी जांने समय भएपछि साथिहरुले उनलाई उठाउन खाेज्दा कानमा ईयरफाेन लगाएकाे अवस्थामा गाेपाल बेडमै मृ त फेला परेका हुन । साेहि कम्पनिमा कार्यरत उनका साथिहरुले दिएकाे जानकारी अनुसार उनी Seraforsed Company केलानाजय paradigam mall मा सेकुरिटिकाे रुपमा करिब ३ बर्ष यता काम गर्दै आएका थिए । उनकाे तीन बर्षकाे भिजा सकिन करिब डेढ महिन मात्रै बांकि थियाे ।

उनि तीन बर्षकाे समय सकिएपछि फिनिसमै घर जाने तयारी गरिरहेका थिए, मृ तक गाेपालकाे श व  स्थानिय हस्पिटलमा पाेष्टमाटमकाे लागि लगिएकाे स्राेतले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया