अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
 अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सदरमुकाम सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न नरपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जनाइएको छ । बस अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटना भएको हो । ५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको जनाएको छ । प्र...

सुर्खेतमा कृषि जेटिएका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना, ३३ घाइते

 पश्चिम सुर्खेतमा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ । जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर कर्णाली राजमार्गअन्तर्गत बराहताल-५ हल्दुवामा बुधबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज वन्तले बताए । घाइते मध्ये एकको अव...

उपनिर्वाचन: आज रातको १२ बजे देखी मौन अवधि सुरू, सामाजिक संजालमा समेत प्रचार गर्न नपाईने

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि आज मध्यरातबाट नै मौन अवधि सुरु हुने भएकाे छ । आजको मध्यरात १२ बजेपछि सुरु हुन लागेको  मौन अवधिमा चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाईने छैन यदी यस्तो गरेको पाईएमा  आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ । चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने बुधबार मात्र अन्तिम दिन हो आज रातको १२ बजे पछी सामाजिक संजालमा समेत चुनाव प्रचार प्रसारमा स...

गुडिरहेको ट्याक्टरको दुवै चक्का फुस्किएर चालकको मृत्यु

गुडिरहेको ट्याक्टरको दुवै चक्का फुस्किएर चालकको मृत्यु
महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुमा बुधबार बिहान ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–७ का ३० वर्षीय दिनेश सिंह दनुवार छन् । सिन्धुलीबाट बर्दिबास बजारतर्फ जाँदै गरेको ना२त ८९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई विहान सवा ६ बजे पल्टिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका अनुसार ओरोलो बाटोमा अचानक ट्याक्टरको अगाडिको दुवै चक्का फुस्किएप...

बालिका चोरी गरी लैजादै गर्दा एक भारतीय पक्राउ

बालिका चोरी गरी लैजादै गर्दा एक भारतीय पक्राउ
बालिकाको चोरी गर्ने प्रयास गरेको आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ । बङ्गाली भाषामात्र बोल्न जान्ने भएकाले अनुसन्धानका क्रममा बङ्गाली भाषा बुभ्mने स्थानीय एकजनाको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पक्राउ परेका...

प्रेसरकुकरसहित विप्लवका ९ कार्यकर्ता धरानबाट पक्राउ

प्रेसरकुकरसहित विप्लवका ९ कार्यकर्ता धरानबाट पक्राउ
धरान । प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका ९ कार्यकर्ता प्रेसरकुकरसहित धरानबाट पक्राउ परेका छन् । इलाका प्रहरी कर्यालय धरानको टोलीले उनीहरूलाई सोमबार राति धरानको निराजन बस्तीबाट पक्राउ गरेको हो । धरानमा हुने उपनिर्वाचन बिथोल्ने योजना अनुसार योजना बनाउदै गर्दा धरान वडा नम्बर १५ का वडाध्यक्ष नरेश इबारामको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा संखुवासभाका रमेश भनिने कुम...

धरानको जङ्गलमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

धरानको जङ्गलमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला
धरान । धरान स्थित पानबारीको सेउती पुल नजिकै एक पुरुषको शव फेला परेको छ । ठेगाना संखुवासभा लेखिएको नर बहादुर गुरुङ नामको च्यातिएको राहदानी सहित असारेको बोटमा जुताको तुनाले घाँटी बाँधेर झुण्डिएको अवस्थामा उक्त शव फेला परेको हो । घटनास्थलको दक्षिणी क्षेत्रमा जिन्सको ज्याकेट, खुकुरी चुरोट, सामसुङ मोबाइल छरिएको अवस्थामा भेटिएको छ । शंकास्पद भएको घटनामा शवको पहिचान खुल्न नसकेकाले अनुसन्धा...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु ।
सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार गए राति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित...

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री ओली  स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा
काठमाडौं- स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल गएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खबरहबलाई जानकारी दिए । थापाले भने, ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर जानुभएको छ...

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
महोत्तरी / उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको पूर...