धरान । प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका ९ कार्यकर्ता प्रेसरकुकरसहित धरानबाट पक्राउ परेका छन् । इलाका प्रहरी कर्यालय धरानको टोलीले उनीहरूलाई सोमबार राति धरानको निराजन बस्तीबाट पक्राउ गरेको हो ।

धरानमा हुने उपनिर्वाचन बिथोल्ने योजना अनुसार योजना बनाउदै गर्दा धरान वडा नम्बर १५ का वडाध्यक्ष नरेश इबारामको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा संखुवासभाका रमेश भनिने कुमार ढकाल, शुवास राई, दिपेन्द्र राई, प्रबिन राई, उमेश राई, पदम राई, महेन्द्र राई, उदिप रसाइली र धरानका शन्जेस राई रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट नयाा प्रेसर कुकर, पर्चा, नगद रसिद, १० थान मोबाइल, १२ थान सिमकार्ड, दुईथान मोटरसाइकल र एकलाख १२ हजार छ सय नगद बरामद गरिएको छ ।

प्रहरीका अनुसार विप्लवका कार्यकर्ता वडाअध्यक्ष इबारामको घरमा भाडामा बस्दै आएका थिए।

तपाईको प्रतिक्रिया