धरान । धरान स्थित पानबारीको सेउती पुल नजिकै एक पुरुषको शव फेला परेको छ ।

ठेगाना संखुवासभा लेखिएको नर बहादुर गुरुङ नामको च्यातिएको राहदानी सहित असारेको बोटमा जुताको तुनाले घाँटी बाँधेर झुण्डिएको अवस्थामा उक्त शव फेला परेको हो ।

घटनास्थलको दक्षिणी क्षेत्रमा जिन्सको ज्याकेट, खुकुरी चुरोट, सामसुङ मोबाइल छरिएको अवस्थामा भेटिएको छ ।

शंकास्पद भएको घटनामा शवको पहिचान खुल्न नसकेकाले अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया