Image result for उपनिर्वाचन

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि आज मध्यरातबाट नै मौन अवधि सुरु हुने भएकाे छ ।

आजको मध्यरात १२ बजेपछि सुरु हुन लागेको  मौन अवधिमा चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाईने छैन यदी यस्तो गरेको पाईएमा  आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ ।

चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने बुधबार मात्र अन्तिम दिन हो आज रातको १२ बजे पछी सामाजिक संजालमा समेत चुनाव प्रचार प्रसारमा संलग्ता भएको पाईएमा  आचार संहिता उल्लङ्घन गरेको ठहरिनेछ र सजायकाे भागिदार बन्ने पर्नेछ  ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार यदी यस्तो गरेको ठहर भएमा आचार संहिता उल्लङ्घनको मात्रा हेरी निर्वाचन आयोगले उम्मेदवारी रद्द गरिने  देखि १ लाख रुपैयाँ जरिवना तिर्नुपर्ने  व्यवस्था रहेको छ ।

उनका अनुसार दलका उम्मेदवारहरु मौन बस्ने र मतदाताले सही मताधिकार प्रयोग गर्ने समयको रूपमा मौन अवधिलाई लिइन्छ । मौन अवधि उम्मेदवार तथा दलहरुलाई मात्र नभएर जनतामा समेत समेत लागू हुने आयोगले जनाएको छ ।  यस अबधीमा कुनै प्रकार वा माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न मनाही छ ।

मंसिर १४ अर्थात शनिबार  ५२ स्थानमा उपनिर्वाचन हुन लागेको छ। प्रतिनिधि सभा सदस्यका लागि १ स्थान, प्रदेश सभा सदस्यमा ३, उपमहानगरपालिका १, गाउँपालिका अध्यक्ष ३, गाँउपालिका उपाध्यक्ष १ सहित ४३ वडा अध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो।

यस्ता छन्  मौन अवधिमा पालाना गर्नुपर्ने आचार संहिता

–  उम्मेदवारले घरदैलो कार्यक्रम, सभा सम्मेलन तथा भोट माग्नु हुँदैन ।

–   कुनै पनि माध्यबाट चुनावी प्रचार प्रसार गर्नु हुँदैन ।

–  कुनै छापा तथा विद्युतीय सञ्चार माध्यममा अन्तरवार्ता, विज्ञापन तथा प्रचार सामग्री प्रकाशन गर्न पाइँदैन ।

– मतदाता लक्षित भोज भतेर गर्न पाइँदैन ।

–  सामाजिक सञ्जाल, मोबाइल एसएमएसबाट चुनाव प्रचार तथा भोट माग्न पाइँदैन ।

–   मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका चुनावी प्रचार सामग्री हटाउनुपर्छ ।

–   सञ्चार माध्यमले पनि कुनै उम्मेदवार लक्षित समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया