झापामा गोली चल्यो : १ जना घाइते, २ जना पक्राउ
झापामा मंगलबार साँझ गोली चलेको छ । प्रहरीको गोली लागेर १ जना घाइते भएका छन् ।
प्रहरीले गोली हानेर भद्रपुर नगरपालिका–७ चिया पसलनजिक हुलाकी लोकमार्गबाट २ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये गोली लागेर १ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले साँझ ५ः२० बजेतिर गोली चलाएको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्...










