तीन दिन भारी वर्षाको सम्भावना
काठमाडौँ / मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उक्त प्रणालीको प्रभावका कारण तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी...











