अनुदान पाएपछि व्यावसायिक तरकारीखेती
भोजपुर। वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन् ।
उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन् । वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताए ।
“चार वर्षदेखि सागसब्जी लगाउँदै छु”, उनले भने, “वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत...











