रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला
घोडाघोडी / आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् । त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन् । प्रसूतिको समय नजिकिएपछि महिलालाई स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यकर्तासमक्ष पु¥याउनुपर्नेमा गाईवस्तु अन्यत्र सारेर गोठतिर लैजाने अनि महिना दिनसम्म गोठमै आमा तथा नव...











