उदयपुरको आधा दर्जन गाउँ पहिरोको जोखिममा
उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् ।
गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् ।
गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने पोखरी गाउँको माथिल्लो भाग चर्किएर पहिरो खस्न थालेपछि अब यहाँका सम्पूर्ण घर नै अन्यत्र सर्नु...











