वीरगन्जमा एकै दिन एक सय ६ जना हैजा सङ्क्रमित थपिए,सङ्क्रमितको सङ्ख्या पाँच सय २८ पुग्यो,

वीरगन्जमा एकै दिन एक सय ६ जना हैजा सङ्क्रमित थपिए,सङ्क्रमितको सङ्ख्या पाँच सय २८ पुग्यो,
वीरगन्ज । वीरगन्जमा बुधवार एकै दिन एक सय ६ जना नयाँ हैजा सङ्क्रमित थपिएका छन्। यससँगै जिल्लामा दर्ता भएका सङ्क्रमितको सङ्ख्या पाँच सय २८ पुगेको छ। जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, सङ्क्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उपचाररतमध्ये ३५ जना आइसियु, ४ जना एचडीयू र २३२ जना जनरल वार्डमा उपचाररत छन्। ...

किरियापुत्रीमाथि मध्यरातमा हमला, मृतक परिवारका सदस्य घाइते, २ जना पक्राउ

किरियापुत्रीमाथि मध्यरातमा हमला,  मृतक परिवारका सदस्य घाइते, २ जना पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित पिचरामा किरियापुत्री बसिरहेका शोकसन्तप्त परिवारमाथि मध्यरातमा हमला भएको छ । सोमबार राति करिब ११ बजेपछि मृतकको घरमा किरियापुत्री बसिरहेका अवस्थामा स्थानीय प्रमोद सहनी र सुनिल सहनी मदिरा सेवन गरेका अवस्थामा घरभित्र पसेर परिवारका सदस्यमाथि आक्रमण गरेको पिडितहरुले बताएका छन् । आक्रमणबाट मृतकका श्रीमान् हरिनारायण कामत र उनका छोराहरु किरण कामत, सन्तोष काम...

अटो र मोटरसाइकल एकापसमा ठक्कर हुँदा ३२ वर्षीय युवकको मृत्यु

अटो र मोटरसाइकल एकापसमा  ठक्कर हुँदा ३२ वर्षीय युवकको मृत्यु
धरान : धरान उपमहानगरपालिका–१४ स्थित पञ्चकन्या मार्गमा मंगलबार अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ह ६०२९ नम्बरको अटो र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक धरान–१४ निवासी ३२ वर्षीय सन्दीप मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएका उनलाई उप...

रुबी साहका हत्या आरोपी लक्ष्मणको दावी : हाम्रो विवाह भएको थियो, परिवारले छुटायो

रुबी साहका हत्या आरोपी लक्ष्मणको दावी :                             हाम्रो विवाह भएको थियो, परिवारले छुटायो
रौटहट । केही दिनअघि रौतहटमा रूवी साहको हत्या गरी सुटकेशभित्र राखेर शव फालेको आरोपमा लक्ष्मण पासवान पक्राउ परेका छन् । उनी आज आफैले आफैलाई आगो लगाएर घाइते भएको अवस्थामा पक्राउ परेका हुन् । उनले आफैलाई आगो लगाउनुअघि रूवीको हत्या आफूले गरेको स्वीकारेका छन् । उनले रूवी र आफू विद्यालयदेखि नै प्रेम सम्बन्धमा भएको पनि बताएका हुन् । आफूहरूले अदालतमा बिवाह पनि गरेको पनि खुलाएका छन् । पासवानले आफ्ना भिडि...

रोजगारीका लागि विदेशिएका सप्तरीका रामको सपना मलेसियामा टुट्यो

रोजगारीका लागि विदेशिएका सप्तरीका रामको सपना मलेसियामा टुट्यो
चार वर्षअघि परिवारको भविष्य सँचाउने सपना बोकेर मलेसिया पुगेका सप्तरीको रुपनी गाउँपालिका २ हरिरावा टोलका ३२ वर्षिय ३२ वर्षीय दीपककुमार रामको कामकै सिलसिलामा मृत्यु भएको छ । आइतबार राति अचानक बिरामी परेपछि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । दीपक मलेसियास्थित एक प्लास्टिक फ्याक्ट्रीमा मजदुरी गर्दै आएका थिए । सानै उमेरमै आमाबुबा गुमाएका उनलाई ऋणको बोझ, घर खर्च र भविष्यको चिन्...

तीजमा व्रत बस्नेले खानुहोस् म्याङ्गो शेक, पाउनुहोस् स्फूर्ति

तीजमा व्रत बस्नेले खानुहोस् म्याङ्गो शेक, पाउनुहोस् स्फूर्ति
काठमाडौँ : गर्मीमा मानिसहरूलाई आँपको स्वाद मनपर्छ, जसलाई फलफूलको राजा पनि भनिन्छ। विशेष गरी तीजमा व्रत बस्ने महिलाले म्याङ्गो शेक पिउँदा न केवल स्वादिष्ट अनुभूति हुन्छ, तर शरीरमा स्फूर्ति पनि बढ्छ। आँपका विभिन्न प्रजातिहरू छन् – दशहरी, माल्दव, चौसर, लङ्ग्रा, अल्फासो र केशर। तीमध्ये दशहरी र माल्दव सबैभन्दा लोकप्रिय मानिन्छन्। आँपलाई साधारण रूपमा पिसेर वा म्याङ्गो शेक बनाएर सेवन गर्न सकिन्छ। म...

दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति बस्नेतको मृत्यु

दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति बस्नेतको मृत्यु
काठमाडौँ : दोलखामा मोटरसाइकल दुर्घटना हुँदा गौरीशङ्कर बहुमुखी क्याम्पसका अनेरास्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ । गएराति भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति सिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । राति ९ बजेतिर दुर्घटना भएको थियो । उपचारको क्रममा उनको च्छो रोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो । २४ वर...

आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुन सक्ने

आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइर...

वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा घोराही उपमहानगरलाई कारण देखाउ आदेश

वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा घोराही उपमहानगरलाई कारण देखाउ आदेश
उच्च अदालत तुलसीपुरले दाङको घोराही उपमहानगरपालिका-८ का वडाअध्यक्ष जितेन्द्र शाहको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाई भदौ १८ गते तोकेको छ। शाहले आफूलाई कानूनी प्रक्रिया पूरा नगरी पदबाट हटाइएपछि पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेका थिए। ९ भदौ, बुटवल । दाङको घोराही उपमहानगरपालिका-८ का वडाअध्यक्ष जितेन्द्र शाहले आफूलाई अन्यायपूर्...

साइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

साइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
विराटनगर । विराटनगर महानगरपालिका–१४ आईसिपी रोडको भित्री पक्की सडकखण्डमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो ।साइकल अनियन्त्रित भई बिराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका ...