सुनसान छ,‘कान्छी नेपाल’
काठमान्डाैं / शैलेश्वरी मन्दिरको उत्तर दक्षिण लहरै फैलिएको सिलगढी बजार सुनसान छ । चिटिक्क परेका नेवारी घरका मूल ढोकामा ताल्चा झुन्डिएका छन् । कोठाका ¥याक रित्ता छन् । ८७ वर्षीया जगतलक्ष्मी श्रेष्ठलाई ‘कान्छी नेपाल’का रुपमा चर्चित सिलगढी बजार देखेर नियास्रो लाग्छ । बजारको चहलपहलमा बितेको बाल्यकाल उनको आँखैअघि घुमिरहन्छ ।
अछामी, बझाङी, बिमकोटे र दर्नाली राजाले किनमेलका लागि सिलगढी आउँदा बाल्य...










