अवैध उत्खनन् गर्दै गर्दा जेसिबी र ट्रयाक्टर नियन्त्रणमा, चालक फरार
विराटनगर २१ साउन । मोरङको केराबारी गाउँपालिकास्थित खदम र चिसाङ खोलाबाट प्रहरीले मंगलबार जेसिबी र ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
दुवै खोलामा अवैध उत्खनन् र उत्खनन् गरिएका चिजवस्तु ओसारपसारमा प्रयोग गरिएको पाइएपछि दुवै साधनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए ।
उनका अनुसार केराबारी–३ स्थित चिसाङ खोलाबाट अनटेस्ट लेखिएको जेसिबी र केराबारी–७ स्थित खदम खोलाबा...








