सुन्दरहरैचा, मोरङ क्षेत्र नं ०३ बाट गत वर्षको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ती हुन सुनिल शर्मा । कुनै बेला क्षेत्र नं ०३ नेपाल कम्युनिष्ट पार्टीको लाल किल्लाको रुपमा परीचित हुँदै आएको यस क्षेत्रमा शर्माको आगमन भए सगै उनले यो भनाईलाई उल्टाएका छन ।

गत वर्षको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका शर्मा यति खेर जनताको घरदैलोमा नै व्यस्त छन । चुनावी मैदानमा उत्रीदा आफुले बोलेका कुराहरु उनले यतिबेला पराजित भए पनि पुरा गर्दैछन । धेरैले उनलाई चुनावी मैदानमा हिड्दा खेरी भन्ने गरेको कुराहरु उनले गलत सावित गरिदिदैछन । चुनावी मैदानमा हिड्दा खेरी उनलाई प्रतिपक्ष दल होस या अन्य धेरैले चुनाव पछि आफ्नो क्षेत्र आउदैन भन्थे । जनताको कुरा सुन्दैन भन्थे तर उनले आफू पराजित भए पनि जनताकै सेवामा निरन्तर लागि रहेका छन ।

उनले मोरङ क्षेत्र नं ३ का जनता हुन या अन्य क्षेत्रका अशक्त अशाय गरिब दुखी जो कोहि बिरामी परेर उपचार गराउन नसक्नेहरुलाई उनले निशुल्क उपचार गरिदिएका छन ।

यति मात्र हैन कि उनले कोहि मानिस बिरामी भएर उपचार गर्न नसक्ने अवस्थामा सुतिरहेको छ भने या त घरमै डाक्टर पठाउछन या त एम्बुलेन्स पठाएर बिरामी नोबेल हस्पिटल लान्छन । उनले मोरङ क्षेत्र नं ३ का हजारौ व्यक्तिहरुलाई निशुल्क उपचार गरि सकेका छन ।

उनले मोरङ क्षेत्र नं ०३ का जनतामा मात्र यस्तो काम गरेका छैनन उनले मोरङका विभिन्न क्षेत्र हुँदै मोरङ देखी बाहिर अन्य जिल्लाका जनताहरुको समेत सेवा गर्दै आएका छन । त्यस्तै सोमबार दिउँसो उनले एक अशक्त अशाहय बिरामीलाई आफैले बोकेर नोबेल हस्पिटल पुर्याएका छन ।

अन्दाजी ६० देखी ६५ वर्ष जस्तो देखिने एक अशाहय बेवारीसे व्यक्तिलाई उनले सोमबार दिउसो आँफैले बोकेर नोबेल हस्पिटलको इमर्जेन्सी सेवामा राखेर उपचार गरिरहेका छन । डा शर्माका अनुसार उनी अहिले बोल्न पनि सक्दैनन जसका कारण उनको नाम र ठेगाना खुल्न सकेको छैन ।

शर्माले उक्त बिरामीलाई अहिले निशुल्क रुपमा इमर्जेन्सी वार्डमा राखेर अपचार गरिरहेका छन । दिउसो अत्यन्तै व्यस्त समयमा पनि डा शर्मालाई विराटनगरको कञ्चनबारी चौकबाट उक्त बिरामी भेटिएको खबर आए पछी उक्त स्थानबाट आँफैले बोकेर हस्पिटल ल्याएको शर्माले बताएका छन ।

तपाईको प्रतिक्रिया