झापा / झापाको कन्काई नगरपालिका-५ चत्रामारीका सोमनाथ अधिकारीको घरमा आगलागी हुँदा अन्दाजी ५० लाख बराबरको क्षति भएको छ ।

आज बिहान सवा १० बजे अधिकारीको काठले बनेको टिनको छाना भएको घरमा बिजुलिको तार सर्ट भई अचानक आगलागि हुँदा घर भित्र रहेको लत्ता कपडा, भाडा वर्तन, खाद्यान्न तथा फर्निचरको समान जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

उक्त आगलागी प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ११ बजे पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो भने आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ /

तपाईको प्रतिक्रिया