चितवनमा शनिबार राति भएका दुर्घटनामा परी दुईको निधन
पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार निधन हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको निधन भएको हो । यस्तै कालिका नगरपालिक...











