बाल्टिमोर -अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा काठमाडौँको बालाजु स्थायी घर भएका कृष्ण चन्द्र पौडेल र शर्मिला पौडेलका ३५ वर्षीय छोरा कपिल पौडेल रहेका छन् । बुधबार बिहानै कपिलका घरभेटी नविन अफिस निस्कँदै गर्दा सामान्य अवस्थामा सुतिरहेका कपिल आफुँ अफिसबाट फर्किँदा पनि उही अवस्थामा देखेपछि उठाउँदा नबोलेपछि तुरुन्त प्रहरीलाई खबर गरिएको हो ।

पछि प्रहरीले कपिललाई बेलाउदा पनि नबोलेपछि मृ त घोषणा गरिएको हो । अमेरिकाको नागरिकता लिएका कपिल गतवर्ष मात्रै नेपालमा विवाह गरेर अमेरिका फर्किएका थिए । पछिल्लो समय उनकी श्रीमती अमेरिका आउनका लागि तयारी अवस्थामा थिईन्। कपिल पौडेलको अन्तिम दाहसंस्कारका लागि अवैतानिक महावाणिज्य दूत प्रेमराजा महतले व्यवस्थाको संयोजन गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया