बझाङ। बझाङ घर भई हाल भारतको फरिदावादमा रोजगारी गर्दै आएका एक युवकले साढे ३ लाखभन्दा बढी नगद र ६ तोला सुनसहित काकी र बहिनी लिएर फरार भएका छन् । बझाङको थलारा गाउँपालिका– २, दंगार्जी घर भएका धनबहादुर थापाले उक्त परिमाणको सुन र नगदसहित भारतको फरिदावादमै बस्दै आएकी काकी नाता पर्ने मीना थापा र उनकी छोरी ३ वर्षीया सिम्रन थापालाई लिएर बेपत्ता भएका हुन् ।

रतमा रोजगारीका लागि आएका नेपालीहरूले नाता–रगत नहेरी अर्काको धनसम्पत्ति र श्रीमतीमाथि आँखा गाड्नाले यस्ता थुप्रै घटाहरू भइरहेको समाजसेवी तथा राजनीतिज्ञ राजेश रावलले बताए । पैसाको लोभमा भारतमा श्रीमती र सन्तानहरू नल्याउन उनको सुझाव छ । यसअघि थलाराकै दुई जना महिला नगद रकमसहित फरार भइसकेका छन् ।

पीडित लोकेश थापा (मीनाका श्रीमान्) ले भने, ‘धनबहादुरले आफूले कमाएको ५ महिनाबराबरको तलब १ लाख ५८ हजार रुपैयाँ र चिट्ठाबाट प्राप्त भएको २ लाख रुपैयाँ गरी ३ लाख ५८ हजार नगद र श्रीमती मीना र छोरी सिम्रनले लगाएको सुनका गहना ६ तोलासहित श्रीमती मीना र छोरीलाई समेत लिएर बेपत्ता भएका छन् ।’ उनका अनुसार उनीहरू बिहीबार दिउँसो १ बजेतिर फरिवादस्थित कोठाबाटै बेपत्ता बनाएका हुन् ।

पीडित लोकेश थापाले सुन र नगदसहित फरार श्रीमती मीना र छोरीको खोजी गरिदिन आग्रह गरेका छन् । उनले आग्रह गर्दै भनेका छन्, ‘कोही कसैले भेट्टाएमा मेरो मोबाइल नम्बर ९३१९२०९८६१ मा खबर गरिदिनहुन अनुरोध गर्दछु ।’सिलापत्रबाट ।

तपाईको प्रतिक्रिया