कोशी प्रदेश कराते महासंघको अध्यक्षमा बुढीगंगाका प्रभाकर राना निर्वाचित

कोशी प्रदेश कराते महासंघको अध्यक्षमा बुढीगंगाका प्रभाकर राना निर्वाचित
विराटनगर — कोशी प्रदेश कराते महासंघको प्रथम प्रदेश अधिवेशनले मोरङ जिल्लाकाे बुढीगंगा गाउँपालिका टंकीसिन्वारीकाे प्रभाकर राना मगर (रिक्की)लाई अध्यक्षमा निर्वाचित गरेको छ। बुढीगंगा गाउँपालिकास्थित जेसीज भवनमा शुक्रबार सम्पन्न अधिवेशनले सर्वसम्मत समर्थनका साथ नयाँ नेतृत्व चयन गरेको हो। अध्यक्ष रणासँगै इलामका कमी राई र उदयपुरका रविन राई उपाध्यक्षमा निर्वाचित भए। त्यस्तै, खोटाङका मिलन कसजु सचिव...

चिकित्सकको लापरवाहीले विराट शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु

चिकित्सकको लापरवाहीले विराट शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीस्थित विराट शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। उपचारमा चिकित्सकले गम्भीर लापरवाही गरेका कारण मोरङको कानेपोखरी गाउँपालिका–२ की ३३ वर्षीया जमुना पौडेलको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेका हुन्। मृतकका आफन्तका अनुसार, पौडेललाई गत साउन १४ गते सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको थिय...

इटहरीको सडकमै स्थानीयले रोपे धान

इटहरीको सडकमै स्थानीयले रोपे धान
इटहरी : इटहरी उपमहानगरपालिका–१० स्थित ओसियन पार्क नजिकको सडकमा स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्।वर्षौंदेखि मर्मत नहुँदा हिलाम्य बनेको सडकको दयनीय अवस्थाप्रति स्थानीय सरकारको ध्यानाकर्षण गराउन धान रोपिएको हो। स्थानीयका अनुसार केही समयदेखिको अविरल वर्षापछि बाटो हिँड्नै नसकिने गरी हिलाम्य बनेको छ। मोटरसाइकल र साना सवारी साधन तथा पैदल हिँड्नसमेत मुस्किल हुने स्थितिमा सडक पुगेको भन्दै उ...

सुन्दरहरैँचामा बसको ठक्करबाट १ जनाकाे मृत्यु

सुन्दरहरैँचामा बसको ठक्करबाट १ जनाकाे मृत्यु
मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाकाे मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।बेलगाछी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको मे १ ख २७९६ नम्बरको सुर्योदय कम्पनीको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०२–००४ ह ४२२४ नम्बरको केरा बोकेको सिटी सफारीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सिटी सफारीमा स...

सप्तरी गोलीकाण्ड: चारबुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

सप्तरी गोलीकाण्ड: चारबुँदे मागसहित ज्ञापनपत्र बुझाइयो
सप्तरी, सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएपछि गाउँपालिकास्तरीय संघर्ष समिति गठन भएको छ। स्थानीय युवा दीपेन्द्र यादवको संयोजकत्वमा संघर्ष समिति गठन भएको हो। संघर्ष समितिले आज साँझ प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ। यादवलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न र प्रहरी उपरी...

ट्रम्पको धम्कि पछि मोदीले पठाए अजित डोभाललाई रूस

ट्रम्पको धम्कि पछि मोदीले पठाए अजित डोभाललाई रूस
नयाँ दिल्ली, अमेरिका र भारतबीच बढ्दो तनाव र रुसबारे बढ्दो कडा अभिव्यक्तिका बीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रुस पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी र तीखो टिप्पणीका बिचमा डोभालको रूस भ्रमणको महत्व अहिले रणनीतिक र राजनीतिक बन्न पुगेको छ । उनको यो भ्रमण यस्तो समयमा भइरहेको छ, जब डोनाल्ड ट्रम्पले रुसी तेल र रक्षा उपकरण खरिदलाई लिएर भारतमाथि खुलेर हमला गरि...

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल
चितवन । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए । जसमध्ये चार हजार ३८३ जना (५२.४५ प्रतिशत) को सामान्य ...

कालीगण्डकी नदी किनारबाट आमा–छोरा बेपत्ता, खोजी कार्य जारी

कालीगण्डकी नदी किनारबाट आमा–छोरा बेपत्ता, खोजी कार्य जारी
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदी किनारबाट एक आमा र उनका छोराको रहस्यमय बेपत्ता भएको घटनापछि सुरक्षा निकाय सक्रिय बनेका छन्। बुधवार साँझदेखि २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डे सम्पर्कविहीन बनेका हुन्। उनीहरू कालीगण्डकी गाउँपालिका–४ बिर्घाका स्थायी बासिन्दा हुन्। बेपत्ताअघि उनीहरू बसेको भनिएको प्रतीक्षालयमा महिलाको झोला, चप्पल, ...

सुन्दरहरैचाको फलामे पुलमा युवती मृ,त फेला

सुन्दरहरैचाको  फलामे पुलमा युवती मृ,त  फेला
मोरङ : मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना खोलाको फलामे पुलमा एक युवती झु*न्डि,ए,को अवस्थामा मृत फेला परेकी छन्। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार कानेपोखरी गाउँपालिका–७ घर भई हाल सुन्दरहरैंचा–१० मा बस्दै आएकी १६ वर्षीया बविता विक बुधबार राति करिब ११ बजे मृत भेटिएकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कानेपोखरीको केन्द्र विवाद टुंगियो, पालिकाको कार्यलय भौंसाबारी नै कायम

कानेपोखरीको केन्द्र विवाद टुंगियो, पालिकाको कार्यलय भौंसाबारी नै कायम
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । उक्त निवेदनको आइतबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतका न्याय...