१७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट
काठमान्डाैं / काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको सङ्ख्या २८ बाट बढाएर ४५ वटा पु¥याउने प्रस्ताव गरेका छन् । महाधिवेशसनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ ।
कांग्रेसमा देउवाले १७ वटा विभाग थप्न प्रस्ताव गरेपछि संस्थापन इतरपक्ष रुष्ट बनेको हो । महाधिवेशनलाई केन्द्रीत गरी सभापतिले आफ्ना पक्षका ने...











