सुनसरीमा दुर्घटना प्रहरी जवानको मृत्यु

सुनसरीमा दुर्घटना प्रहरी जवानको मृत्यु
इटहरी । सुनसरीको दुहबी नगरपालिका २ दंगा नियन्त्रण प्रहरी गणको गेट अगाडि मोटरसाईकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक प्रहरी जवान गम्भीर घाईते भएका छन्   आज बिहान पौने ६ बजेको समयमा कार्यालयको कामको सिलसिलामा स ७ प ७२३८ नम्बरको मोटरसाईकलमा जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ जादै गर्दा मोटरसाईकललाई विपरीत दिशाबाट आएको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटन...

प्रहरीको गाडीमा तोडफोड , ७ जना पक्राउ

प्रहरीको गाडीमा तोडफोड , ७ जना पक्राउ
रौतहट । प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा ७ युवा पक्राउ परेका छन् । ना१झ १३३१ नम्बरको प्रहरीको गाडीमा कटहरिया ६ फतेपुर नजिक युवाहरुले तोडफोड गरेका हुन् । गौरबाट थुनुवा पुर्याएर फर्किरहेको प्रहरी गाडीमाथि शुक्रवार अपरान्ह फतेपुरगाँउ छेउमा दर्जनौ मानिसको भिडले एक्कासी ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट गाडीको सिसा फुटेको र केही प्रहरीलाई चोटपटक समेत लागेको छ । पक्राउ पर्नेहरुमा कटहरिया ६...

धरान प्रहरी चाैकीका असईमाथि एकल महिलालाई यौन दुव्यवहार गरेको आरोप

धरान प्रहरी चाैकीका असईमाथि एकल महिलालाई यौन दुव्यवहार गरेको आरोप
धरान–४ स्थित पत्रांवारीमा रहेका अस्थायी प्रहरी चौकीमा कार्यरत असई पिताम्बर अधिकारीलाई एक एकल महिलालाई यौन दुव्यवहार गरेको आरोप लागेको छ । उनका विरुद्ध बोल्न नसक्ने एक महिलालाई करणी गरेको भन्दैं स्थानीय एक महिलाले किटानीसहित ठाडो उजुरी दिएकीछन् ।अधिकारीमाथि बलात्कार गरेको बिषयमा पनि इलाका प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको बताएको छ ।   अधिकारीविरुद्ध करणी गरेको निवेदन परेपछि ४...

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल
धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र औषधिमा समेत कमिशनका खेल भएको पाइएको छ । शुक्रबार औषधि विभाग विराटनगरको टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । शरीरका तौल बढाउने, कमजोरी हटाउने, ब्लड बढाउने, तागत दिने लगायतका भिटामिनहरु औषधि विभागमा दर्ता नभए पनि प्रतिष्ठानका चिकित्सकहरुले भने त्यस्ता दर्ता नभएका भिटामिनहरु विरामीहरुलाई लेखेर दिने गरेको पाइएको हो । भारतमा उत्पादन भएक...

सर्वोच्चद्वारा ६ वटा प्रदेशका कानुनै बदर घोषित, २९ हजार ५ सय ६५ ले गरे राज्यकोषको दोहन

सर्वोच्चद्वारा ६ वटा प्रदेशका कानुनै बदर घोषित, २९ हजार ५ सय ६५ ले गरे राज्यकोषको दोहन
काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने कानुन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रदेशले बनाएका त्यस्ता कानुन संविधानसँग बाझिएको निष्कर्ष संवैधानिक इजलासले निकालेको छ। २९ हजार ५ सय ६५ जनप्रतिनिधिले अवैध तवरले पारिश्रमिक सुविधा लिइरहेका थिए। त्यसमा महानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा संलग्न जनप्रतिनिधि छन्। पारिश्रमिकसहित सेवासुविधाको व्यवस्था ६ वटा प्...

‘भीआईपी’ अभियुक्तहरुलाई दलीय संरक्षण छैन !

‘भीआईपी’ अभियुक्तहरुलाई दलीय संरक्षण छैन !
काठमाडौँ । १२ वर्ष पुरानो फौजदारी अभियोगमा सांसद अफताव आलम पक्राउ परेपछि कांग्रेसका स्थानीय कार्यकर्ताले विरोध प्रदर्शन गरे। १२ घण्टा पनि नबित्दै कांग्रेस नेतृत्वले आन्दोलन नगर्न कार्यकर्तालाई निर्देशन दियो। – जनकपुर विमानस्थलमा तोडफोड आरोपमा राजपाका सांसद प्रमोदकुमार साह पक्राउ परे। राजपाका स्थानीय कार्यकर्ता विरोधमा उत्रिए पनि नेतृत्व उक्त घटनामा मौन रह्यो। – तत्कालीन सभामुख कृष्णबहादुर मह...

यस कारण न्यायाधीश शाहीमाथि बर्खास्तको सिफारिस

यस कारण न्यायाधीश शाहीमाथि बर्खास्तको सिफारिस
काठमाडौँ । क्षेत्राधिकार नभएको विषयमा मुद्दा हेरेको भन्दै छानबिनमा तानिएका उच्च अदालत पोखराका तीनजना न्यायाधीशमध्ये नरबहादुर शाही ‘खराब आचरण’को आरोपमा बर्खास्तको सिफारिसमा परेका छन् । चीतवनको आन्तरिक राजस्व कार्यालयले गरेको निर्णय विरुद्ध परेको निवेदनमा सुनुवाई गरेको भनी गत साउन ९ गते सर्वोच्च अदालतले उच्च अदालतका तीन न्यायाधीशहरुलाई न्यायपरिषदमा झिकाउन आदेश गरेको थियो। प्रादेशिक ...

स्थानीय तहका पदाधिकारीका कस्को कति थियो सुविधा ?

स्थानीय तहका पदाधिकारीका कस्को कति थियो सुविधा ?
काठमाडौं / सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीलाई मासिक पारिश्रमिक तथा सुविधा दिने गरी प्रदेश सभाले निर्माण गरेको कानुन बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सेवा सुविधा दिने गरी बनाइएको कानुन बदर गरेको हो । सो ऐनको सुविधा प्रदान गर्ने दफा र सम्बद्ध अनुसूची मात्र बदर गरेको...

कांग्रेसद्वारा आलमको बचाउ, देउवाले भने,‘ १२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?’

कांग्रेसद्वारा आलमको बचाउ, देउवाले भने,‘ १२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?’
काठमाडौं / काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांगेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा भने,‘ त्यतिबेला के हेरेर बसेको ?’ आजक...

सुनसरीमा जलेर एक जनाको मृत्यु

सुनसरीमा जलेर एक जनाको मृत्यु
सुनसरी / सुनसरीको गढीमा जलेर एक जनाकाे मृत्यु भएकाे छ । गढी गाउँपालिका-२ का ५२ बर्षीय थुवा भनिने भुमीसुधार माझीको आगलागीमा परी मृत्यु भएको हाे । टाटीको बेरा, फुसको छानो भएको घरमा एक्लै सुतेका माझीको घरमा आज बिहान (राती) १ बजेको समयमा अचानक आगलागी हुँदा जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धानको लागि ईलाका प्रहरी दुहवीबाट प्रहरी टोली खटि गई ...