हनी ट्रयापमा पारी एक करोड बार्गेनिङ, दुई जना पक्राउ
हनी ट्रयापमा पारी एक करोड बार्गेनिङ गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७ घर भई काठमाडौंको बौद्ध बस्ने २० वर्षीया सिर्जना तामाङ र जुगल गाउँपालिका-५ घर भई काठमाडौंको मुलपानी बस्ने २९ वर्षीय लिला बहादुर तामाङ रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लिलाले पीडितको फेसबुक आईडी सिर्जनाको ह्वाट्सएपमा पठाई साथी बन्न लगाएका थिए। फेसबुक ...











