गढिमाई नगरपालिका  ६ सिंगारमन मा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रविन्द्र पंडितको ७ वर्षीया छोरी स्वेता पंडित रहेको रौतहट जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिएका छन्।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढीमाई ६ सिङगारमन स्थित  सडक खण्डको  धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ती बोकी जाँदै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो शुक्रवार बिहान ९ बजे अनियन्त्रित भइ नहरमा खसेको थियो।

स्कारपिओमा १२ जना सवार मध्ये ५ जना सकुशल रहेका, ३ जनाको   स्थानीय अस्पतालमा उपचार गर्न पठाइएको प्रहरीले जनाएको छ।

चक्रघटाकै वर्ष २५ को अमलेश ठाकुरको दाहिने खुट्टा, छाती,घाँटीमा चोट लागेकोले  प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। स्कारपिओ चालक भने फरार भएका प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया