विराटनगरमा २१ वर्षीय युवकको हत्या
विराटनगरमा एक जना युवकको हत्या भएको छ । घटनामा १७ वर्षीय किशोरसहित दुई जना घाइते भएका छन् ।
विराटनगर महानगरपालिका २ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर सोमबार राति मोरङको कटहरी गाउँपालिका १ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले पुष्टि गरे ।
उनका अनुसार बाटोमा हिँड्दै गरेकाहरूले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर...











