भुटानले जनसंख्या कम हुँदै गएपछि तेस्रो र त्यसपछिका  सन्तान पाउने आमालाई बच्चा तीन वर्षको हुन्जेल सम्म १० हजार न्यूल्ट्रम हरेक महिना रकम दिने तयारी गरेको छ ।  सो कार्यक्रमलाई ‘चाइल्ड क्यास इन्सेन्टिभ प्रोग्राम’ नाम दिइएको छ ।

भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले सो सम्बन्धी कार्यक्रम यसैवर्ष ल्याइने जनाएका छन् ।  न्यून प्रजनन दर र मानिसहरु विदेश गइरहेका कारण जनसंख्या कम भएकोले त्यसको सुधारको लागि नयाँ कार्यक्रम ल्याउन लागिएको जनाइएको छ ।

भुटानको प्रजनन् दर निकै घटेको मानिएको छ । सन् १९७१मा प्रति महिला ६दशमलब ६ जन्मदर रहेकोमा २०२३मा यो दर १ दशमलब ८६६ पुगेको जनाइएको छ ।  सन् २०२२को गणना अनुसार भुटानको जनसंख्या ७ लाख ८२ हजार ४५५ छ । (क्युन्सेल)

तपाईको प्रतिक्रिया