विराटनगरमा साउनदेखि प्लाष्टिक झोला प्रतिबन्ध

विराटनगरमा साउनदेखि प्लाष्टिक झोला प्रतिबन्ध
विराटनगरमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ । विराटनगर महानगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना, २०७८ लाई कार्यान्वयन गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत महानगरपालिकामा प्लाष्टिक झोला प्रयोग न्यूनीकरण गर्न कपडाको झोला प्रयोगमा ल्याउने उपायहरु अवलम्बन गर्ने उल्लेख गरिएको हो । आगामी नयाँ आर्थिक वर्षको प्रारम्भसँगै साउनदेखि प्...

सुरुंगामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुंगामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा–झापा भित्री पक्की सडकखण्डमा अटोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । हिजो बिहान अन्दाजी १०ः३० बजेको समयमा कनकाई नगरपालिका-३ स्थित पशुपति बोर्डिङनजिक सुरुङ्गा–झापा भित्री पक्की सडकखण्डमा अटोले ठक्कर दिँदा ओमप्रकाश भेटवालको मृत्यु भएको हो । मदरगाछबाट सुरुङ्गा आउँदै गरेको प्रदेश १–०१–००१ ह ७७३८ नम्बरको अटोले पैदलयात्री कनकाई-३ सुरुङ्गा बस्ने ६० वर्षी...

झापमा चट्याङ लागेर दुईको मृत्यु

झापमा चट्याङ लागेर दुईको मृत्यु
झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका २ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका ८ का ४२ वर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले पुष्टि गरे । उनका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। साथै, गौरीगञ्ज...

बूढीखोलाले बगाएर प्रेमकलाको मृत्यु, दुईजना बेपत्ता

बूढीखोलाले बगाएर प्रेमकलाको मृत्यु, दुईजना बेपत्ता
सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचालाई सिमाना भएर बग्ने बूढीखोलाले बगाएर सुन्दरहरैँचा नगरपालिका ५ की प्रेमकला चौधरीको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीका कारण आज (मंगलबार) बिहानको समयमा चौधरीसहित चारजनालाई बाढीले बगाएको थियो । माछा मार्ने क्रममा प्रेमकलासहित सुन्दरहरैँचा ५ की २२ वर्षीया स्वस्तिका चौधरी, सोही स्थानकी ३० वर्षीया फूलकुमारी चौधरी र ६० वर्षीया असरादेवी चौधरीलाई बाढीले बग...

२ करोड रुपैयाँ लुटपाटमा संलग्न चार जना पक्राउ

२ करोड रुपैयाँ लुटपाटमा संलग्न चार जना पक्राउ
 आफूलाई सीआईबी भन्दै भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका चार जना प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै भक्तपुरको दधिकोटका डिल्लीराज राउतको घरमा लुटपाट गर्ने सिन्धुपाल्चोक घर भएका सुजन रसाइली, भीम बहादुर तामाङ, ओखलढुङ्गा भर भएका मुनाराज राई, सिन्धुपाल्चोक घर भएका कृष्णबहादुर बोह...

मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला जबरजस्ती जिम्मा लगाएपछि झापामा आत्महत्या

मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला  जबरजस्ती जिम्मा लगाएपछि झापामा आत्महत्या
मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला जिम्मा लगाउन खोजिएपछि झापामा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । भद्रपुर नगरपालिका–८ को वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोजेपछि भद्रपुर–८ स्थित भद्रशिव मन्दिर नजिकैका ६८ वर्षीय गेल राजवंशीले सोमबार दिउँसो झुण्डिएर आत्महत्या गरेको आफन्तले आरोप लगाएका छन् । मेल...

एसईईको नतिजा बिहीबारसम्म आउने

एसईईको नतिजा बिहीबारसम्म आउने
राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको राससलाई जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण,अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । परी...

मोरङमा विद्यालय जाँदै गरेका बालकको खोलाले बगाएर मृत्यु

मोरङमा विद्यालय जाँदै गरेका बालकको खोलाले बगाएर मृत्यु
मोरङमा विद्यालय जाँदै गरेका बालकको खोलाले बगाएर मृत्यु भएको छ । केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद तामाङले जानकारी दिए । उनका अनुसार तर्ने क्रममा मंगलबार बिहान ९ बजेतिर श्यामलाई स्थानीय गोविने खोलाले बगाएको थियो । खोजी गर्ने क्रममा खोलाले बगाएर १ सय मिटरजति तल पुर्याएको अवस्थामा ९:५० बजेतिर शव फेला परेको ...

२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार

२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार
 बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ ।  ‘यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालबिबाह कम हुने अपेक्षा गरेका छौँ’, नगरप्रमुख आतेशकुमार सिंहले भन...

पेस्तोल र भरुवा बन्दुकसहित दुई पक्राउ

पेस्तोल र भरुवा बन्दुकसहित दुई पक्राउ
उदयपुर र ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट पेस्तोल र भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुरको त्रियुगा नगरपालिका ३ का २० वर्षीय जुलेस रायमाझी र ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका ४ का ४३ वर्षीय नरेश फुयाङ लिम्बू रहेका छन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित साथीको घरमा आएका रायमाझीले साथमा पेस्तोल बोकेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ल...