विद्यार्थी बोक्ने गाडी शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग

विद्यार्थी बोक्ने गाडी शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग
विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको पोखरिया माध्यमिक विद्यालयमा विद्यार्थी बोक्न प्रयोग हुँदै आएको गाडी शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग गरिएको छ । लामो समयदेखि शैक्षिक गतिविधि ठप्प पारेर नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ । महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी हुन जाँदा शिक्षकले विद्यालयको गाडी दुरुपयोग गरेका हुन् । पोखरिया माविको प्र १–०२–००१ ग...

इटहरीमा ट्याक्टरले किचेर नाबालकको मृत्यु

इटहरीमा ट्याक्टरले किचेर नाबालकको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका–१५ मा ट्याक्टरले किचेर नाबालकको मृत्यु भएको छ । प्र १–०२–००३ त ७०२ नम्बरको ट्याक्टरले किच्दा भारतको वेस्ट बंगाल घर भइ इटहरी–१५ स्थित पूजा इँटा भट्टामा काम गर्दै आएका ऐनुल मियाँका ३ वर्षीय छोरा माहिर मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टा बाहिर खेलिरहेका नाबालकलाई इँटा लोड गरेर निस्किदै गरेको ट्याक्टरको पछाडिको चक्काले मंगलबार अपरान्ह १२ बजेतिर किचेको थियो । ...

धरानबाट १९ किलो गाँजा बरामद, बाबु छोरासहित ३ जना पक्राउ

धरानबाट १९ किलो गाँजा बरामद, बाबु छोरासहित ३ जना पक्राउ
धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ आँपगाछीबाट प्रहरीले १९ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले लागुऔषध गाँजा बरामद गरेर बाबु छोरासहित ३ जनालाई पक्राउ गरेको छ । धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटो टेम्पोलाई शंका लागेर चेकजाँच गर्दा १८ वटा पोका बनाएर ल्याइएको १९ किलो गाँजा फेला परेको प्रहरीको भनाइ छ । गाँजा भेट्नसाथ अटो चालक...

आज ३ बैशाख २०८२ बुधवारको राशिफल

आज ३ बैशाख २०८२ बुधवारको राशिफल
मेष । शारीरिक कमजोरीको अनुभूति हुनेछ। अध्ययन अध्यापनमा पछाडि परिएला मेहनतमा कमी नआउन दिनुहोस्। कार्य सम्पादन भएतापनि जाँच गर्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अक २ रहेको छ। वृष । आँटेको कार्य सम्पादन गर्नमा सफल भइनेछ। नोकरी वा पेशामा अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलो पार्न सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। मिथुन । कार्यक्षेत्रमा अरुको सफल...

इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु

इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु
विराटनगर । इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु भएको छ । बिर्तामोड–दानाबारी भित्री सडक खण्डअन्तर्गत माई नगरपालिका–४ सुखानीमा दुर्घटना भएको हो । इलामको दानाबारीबाट झापाको बिर्तामोडतर्फ आउँदै गरेको मे ९ प ४५९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा झापाको अर्जुनधारा नगरपालिका–६ का रोम पाठकका २ वर्षीय छोरा ओस्कर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाबालकलाई सोमबार अपरान्ह ४ः१० बजेतिर ...

सङ्खुवासभामा चट्याङ लागेर एकैपरिवारका ४ जना घाइते

सङ्खुवासभामा चट्याङ लागेर एकैपरिवारका ४ जना घाइते
सङ्खुवासभा : जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकैपरिवारका चार जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुत...

देवानगञ्जमा गोली हानाहान

देवानगञ्जमा गोली हानाहान
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ स्थित यादव टोल नजिक सोमबार साँझ एक गोली हानाहान भएको छ। स्थानीय अनुसार घटना रा.सी जाने बाटोमा घटेको हो। गोली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। घटनामा देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा करिब २४ वर्षीय रविन्द्र यादव, शिवु मेहता, र विनोद यादवका १८ वर्षीय छोरा पिन्टु यादव घाइते भएका हुन्। पेटमा ग...

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ । नयाँ वर्षकै दिन जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो। कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन।

९ लाख हुण्डी कारोबारको आरोपमा एक युवती पक्राउ

९ लाख हुण्डी कारोबारको आरोपमा एक युवती पक्राउ
९ लाख रुपैयाँ नगद र चेकसहित हुण्डी कारोबार गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१० बागडाँडा बस्ने १९ वर्षीया करिना देवकोटा छिन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–२२ न्यूरोडमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीलाई ९ लाखसहित उनलाई पक्राउ गरेको हो । उनीबाट ६ लाख रुपैयाँ बराबरको ...

करेन्ट लागेर कोशीमा २ जनाको मृत्यु

करेन्ट लागेर कोशीमा २ जनाको मृत्यु
विराटनगर : कोशी प्रदेशमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । शनिबार झापाको कनकाई नगरपालिका-१ का ६६ बर्षीय तारा बहादुर बिश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटोमानै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर =ले जनाएको छ। यसैगरी इलामको माई नगरपालिका-८ ...