सुनसरीको इटहरी उपमहानगरपालिका–१५ मा ट्याक्टरले किचेर नाबालकको मृत्यु भएको छ ।
प्र १–०२–००३ त ७०२ नम्बरको ट्याक्टरले किच्दा भारतको वेस्ट बंगाल घर भइ इटहरी–१५ स्थित पूजा इँटा भट्टामा काम गर्दै आएका ऐनुल मियाँका ३ वर्षीय छोरा माहिर मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टा बाहिर खेलिरहेका नाबालकलाई इँटा लोड गरेर निस्किदै गरेको ट्याक्टरको पछाडिको चक्काले मंगलबार अपरान्ह १२ बजेतिर किचेको थियो ।
गम्भीर घाइते भएका नाबालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइयो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर र चालक सुनसरीको इनरुवा नगरपालिका–६ का ४३ वर्षीय पुनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया