साउदीले विश्वका १०२ देशमा पठाउँदैछ ७ सय टन खजुर
रमजानको पवित्र महिना २०२५ मार्चबाट सुरु हुँदैछ र विश्वभरका मुस्लिमहरू यसको तयारीमा व्यस्त भइसकेका छन्। इस्लाम धर्मको केन्द्र मानिने साउदी अरबले हरेक वर्ष रमजानमा गरिब देशलाई जकात र उपहार पठाउने चलन जारी राखेको छ ।
यो वर्ष पनि साउदी राजा सलमानले १०२ देशमा ७०० टन खजूर वितरण गर्ने कार्यक्रमलाई स्वीकृत गरेका छन् । यो गत वर्षको तुलनामा २ सय टन बढी हो । कार्यक्रमलाई साउदी इस्लामिक मामिला मन्त्रा...










