मेष । धनार्जनका नयाँ बाटोहरू खुल्नेछन्। मित्रको सल्लाहले बिग्रेको काम बन्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। प्रेम सम्बन्धमा उत्पन्न भएका शंकाहरू समाप्त हुनेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृष । नोकरी वा पेशामा नयाँ जिम्मेवारीको वहन गर्नुपर्ने हुन्छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। कलाको क्षेत्रबाट विशेष सफलता पाइनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

मिथुन । कार्यक्षेत्रमा प्रतिस्पर्धीलाई उछिन्दै र विभिन्न अवसरहरु प्राप्त गर्न सक्नुहुनेछ। मेहनतले राम्रै नाम कमाउन सकिएला। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट । प्रतिस्पर्धी स्वतः पराजित हुनेछन्। दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भौतिक साधनहरू जुटाउन सकिनेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक १ रहेको छ।

सिंह । प्रियजनहरूको सानिध्यले दिन रमाइलो रहनेछ। प्रशासनिक सहयोगले कुनै विशिष्ट कार्यसम्पादन गर्नमा सफलता पाइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवनसाथीबाट उपहार मिल्न सक्ला। साताको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

कन्या । मान सम्मानमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। उत्कृष्ट बोलि वा लेखनको सहायताले विशेष उपलब्धि प्राप्त गर्न सक्नुहुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

तुला । वैदेशिक रोजगारको नयाँ अवसर प्राप्त हुनेछ। व्यवहारमा विपरीत परिस्थितिसँग जुध्नुपर्ने अवस्था आउन सक्ला। नोकरी वा पेशामा सोच विचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक । पारिवारिक कारणले मनमा निराशा वा चिन्ता रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकाहरूको साथ मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

धनु । परिश्रमको अनुरूप कार्यक्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा नयाँ अवसरहरू मिल्ने योग छ। नोकरी वा पेशामा आत्तिएर निर्णय नलिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

मकर । कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ हात पर्नेछ। प्रतिस्पर्धा र परीक्षामा सफलता पाइनेछ। गोप्य कुराहरू अरुलाई साझा नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ । नँया नोकरीमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन । साझेदारी व्यवसायमा साझेदारको सहयोग मिल्नुको साथै नयाँ धन आउने स्रोतहरू बढ्नेछन्। जीवनसाथीसँग मनमुटाव थियो भने सुल्झिनेछ। सन्तानको पठनपाठनलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तपाईको प्रतिक्रिया