विराटनगर । विराटनगरमा १ जना महिला आफ्नै घरभित्र मृत फेला परेकी छन् । विराटनगर महानगरपालिका–१ की ५० वर्षीय मुन्नी मगरलाई सुतकै कोठाभित्र मृत भेटिएको प्रहरीले जनाएको छ ।
घरभित्र सुतकै ठाउँमा महिला मृत फेला परेको जानकारी प्रहरीले सोमबार साँझ ७ः३० बजेतिर प्राप्त गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको छ ।
महिलाको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया