बिर्तामोड । अर्जुनधारा–७ स्थित मधुजिता क्रसरमा आइतबार साँझ भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ।
क्रसरमा कार्यरत मोहन किस्कु नामका २४ वर्षीय जेसिभी अपरेटर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्। छुट्टी लिएर आफ्नो घर हल्दीबारी–२ जानका लागि निस्किएका किस्कुलाई क्रसरभित्रै टिपरले ठक्कर दिएको थियो।
मे २ प २१११ नम्बरको मोटरसाइकलमा सवार किस्कुलाई को १ ख ७०१४ नम्बरको टिपरले किच्दा गम्भीर चोट लागेको थियो। तत्काल उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
स्थानीयका अनुसार किस्कु सोमबार घरमा आयोजना हुने पूजामा सहभागी हुन साथीको मोटरसाइकल लिएर हिँडेका थिए। तर, लोड भइरहेको टिपरको चपेटामा परेपछि उनको ज्यान गएको हो।

तपाईको प्रतिक्रिया