धरानमा मोटरसाइकल दुर्घटना, दुई जना प्रहरी गम्भीर घाइते
सुनसरीको धरानमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा ड्युटीमा खटिएका दुई जना प्रहरी गम्भीर घाइते भएका छन् ।
कोशी लोकमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ भोटेपुलमा राति ११ः४५ बजेतिर को २० प ६५६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानबाट भोटेपुलतर्फ जाँदै गरेको मोटरसाइकल अचानक टायर पन्चर भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा झापाको प्रहरी चौकी महेशपुर दरबन्द...










