पीएचडी नसकिँदै डाक्टर लेखेपछि विवादमा तानिएका प्रसाईंले दिए पदबाट राजीनामा
पीएचडी नसकिँदै डाक्टर लेखेपछि विवादमा तानिएका त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले पदबाट राजीनामा दिएका छन् ।
पीएचडी नसकिँदै डाक्टर लेखेर सह–परीक्षा नियन्त्रककाे नियुक्ति लिएपछि उनको आलोचना भएको थियो । आलोचना भएपछि उनले राजीनामा दिएका हुन् । विश्वविद्यालयले पनि उनकाे विषयमा छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ । विव...











