गुल्मीमा आमाछोरी बेपत्ता, खोजिदिन परिवारको आग्रह
गुल्मी : गुल्मीमा महिना दिनदेखि आमाछोरी सम्पर्क विहीन भएका छन् । जिल्लाको मालिका गाउँपालिका-७ घमिर ठाढुङ्गा निवासी आमा विष्णु सार्की र छोरी अनुजा नेपाली सम्पर्कविहीन भएका हुन्।
गत माघ १८ गते बिहान माइत जान्छु भनेर घरबाट बाहिर निस्केका उनीहरु अहिलेसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । घरबाट निस्केको भोलिपल्टबाट विष्णुको मोबाइल अफ भएका कारण उनीहरूको अवस्था पत्ता लगाउन कठिनाइ भएको घरपरिवा...










