झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ मा मोटरसाइकलले ठक्कर दिँदा १ जना पैदल यात्री वृद्धाको मृत्यु भएको छ ।
बुद्धशान्ति–२ खतिवडा चोकस्थित जयपुर शनिश्चरे सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ७५ वर्षीया इन्द्रमाया कार्कीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
दिउँसो ३ बजेतिर मे ९ प ७४८२ नम्बरको मोटरसाइकलले पैदल हिँडेकी कार्कीलाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागी घाइते भएकी थिइन् ।तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति–७ का २४ वर्षीय रविन गड्तौलाको हात खुट्टामा चोट लागी सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक इलामको सूर्योदय नगरपालिका–१ का २१ वर्षीय भुवन न्यौपाने र मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया