सुनसरीको काेशी गाउँपालिकामा बर्डफ्लु देखियो
सुनसरीमा बर्डफ्लु देखिएको छ । काेशी गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु देखिएको हाे ।
बर्डफ्लु पुष्टि भएपछि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दू...











